पौडी खेल्ने क्रममा ब्याक्टेरियाको संक्रमण, १० वर्षीया बालिकाको ज्यान गयो

पौडी खेल्ने क्रममा एक प्रकारको ब्याक्टेरियाको संक्रमणमा परेर अमेरिकाको टेक्सासमा १० वर्षीया एक बालिकाको मृत्यु भएको छ ।
लिली एभन्ट नाम गरेकी ती बालिका घर नजिकैको नदीमा पौडी खेल्ने क्रममा घातक ब्याक्टेरियाको संक्रमणमा परेको बताइएको छ ।
पौडी खेल्दा नाकबाट उनको शरीरमा प्रवेश गरेको एक प्रकारको ब्याक्टेरिया मस्तिष्कसम्म पुगेपछि उनको स्वास्थ्यमा समस्या देखिएको थियो । सुरुमा टाउको दुख्ने र ज्वरो आउने समस्या भएपछि अस्पतालमा पुगेकी उनी अचेत भएकी थिइन् । उपचारकै क्रममा अस्पतालमा सोमबार उनको निधन भएको जनाइएको छ ।
मस्तिष्क नै खाइदिने ‘अमिबा’को संक्रमणका कारण उनको मृत्यु भएको चिकित्सकहरुको भनाइ छ । उनीसँगै उक्त नदीमा करिब ४० जनाले पौडी खेलेको भए पनि त्यस प्रकारको समस्या उनमा मात्र देखिएको थियो ।
पानीमा पाइने सुक्ष्म जीवाणु शरीरभित्र प्रवेश गरी मस्तिष्कसम्म पुग्ने र त्यसले मस्तिष्कलाई नै खाएर नष्ट गर्ने हुनाले मानिसको मृत्युसमेत हुन सक्ने चिकित्सकहरुको भनाइ छ । imagekhabar
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस