सलमान खानको घर रेखदेख गर्ने पक्राउ

मुम्बई पुलिसले बुधबार बलिउडका सुपस्टार सलमान खानको घर रेखदेख गर्ने व्यक्तिलाई पक्राउ गरेको छ ।
विगत २० वर्षदेखि खानको घर रेखदेखमा खटिएका शक्तिसिद्धेश्वर राणालाई प्रहरीले पक्राउ गरेको हो ।
सलमान खानको गोराईको घरबाट पक्राउ परेका राणा एक अपराधी रहेको प्रहरीले जनाएको छ ।
राणामाथि जबरजस्ती चोरी र हमलाको मुद्दा दर्ता रहेको छ । उक्त मुद्दामा जमानतमा बाहिर आएका राणा फरार रहेका थिए । प्रहरीले उनको २९ वर्षदेखि खोजी गर्दै आएको थियो ।
६२ वर्षीय वृद्धले सलमान खानको घर रेखदेख गर्दै बसेको खबर मुम्बई पुलिसले पाएपछि प्रहरी अपराध शाखाको टोलीले योजनाबद्ध रुपमा सलमान खानको घरमा छापा मारी उनलाई हिरासतमा लिएको थियो ।
एजेन्सीको सहयोगमा
क्याटेगोरी : अन्तर्राष्ट्रिय, मुख्य समाचार


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस