गायिकाले माइतीमा गरिन् आ”त्म “ह”त्याः सुसा”इड नो’टमा लेखिन ‘मेरा घरकालाई नछोड्नु’

कन्नड फिल्मकी चर्चित गायिका सुष्मिताले आफ्नो माइतीमा आ’त्म ह’त्या गरेको भारतीय संचार माध्यमले जनाएको छ ।

सुष्मिताले आ’त्म ह’त्या गर्नुअघि निकै लामो मेसेज पठाएर आफ्नो मृ’त्युको कारण बताउँदै दोषीलाई कुनै पनि स्थितीमा नछोड्ने आग्रह गरेकी छिन् ।

यसबारे पु’लिसले सोमबार उनकी आमासँग कुराकानी गरेको छ जसमा उनकी आमाले दाइजो उत्पीडनका कारण छोरीले यस्तो कदम उठाएको बताइन् । पु’लिस स्रोतका अनुसार २७ वर्षीया गायिकाले आइतबार आ’त्म ह’त्या गरेकी हुन् । आइबी टाइम्सले स्रोत उद्धृत गर्दै सु’सा’इड नोटमा सुष्मिताले के लेखेकी थिइन्, त्यसबारे जानकारी दिइएको छ जसमा बताइए अनुसार सुष्मिताले लेखेकी छिन्, ‘आमा मलाई माफ गरिदिनु, मैले मेरो गल्तीको सजाय पाइरहेकी छु । मलाई श्रीमानका आन्टीले टर्चर गरिन् । उनले मलाई घरबाट निस्कन भन्थिन् । उनलाई नछोड्नुहोस् । शरत, वैदेशी र गीता मेरो मृ’त्यु’का लागि प्रत्यक्ष रुपमा जिम्मेवार छन् । मैले उनीहरुलाई धेरै बिन्ती गरेँ तर उनीहरुको मन र मुटु कहिले पनि पग्लिएन ।’

उनले थपिन्, ‘म उनीहरुको घरमा म’र्न चाहन्नँ । विवाहको दिनदेखि नै यी सबै सुरु भएको थियो । मेरो अ’न्ति’म सं’स्कार मेरो माइतीमै मेरो भाइको हातबाट होस् । मेरा घरका लाई नछोड्नुहोस् नभए मेरो आ’त्मा’ले शान्ति पाउँदैन । म तपाईंलाई धेरै मि’स गर्नेछु, आमा ।’

स्रोतका अनुसार करिब डेढ वर्ष अघि शरत कुमारसँग उनको विवाह भएको थियो । विवाहको केही समयपछि नै श्रीमान् र घरका सदस्यसँग उनको मतभेद भएको थियो । झगडा बढ्दै गएपछि उनी माइतीमा नै बस्न थालिन् ।

सुष्मिताले ‘श्रीसमान्य’ र ‘हालू ठुप्पा’ जस्तो कन्नड फिल्ममा गीत गाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker