महिना’वारी नभएको पुष्टि गर्न भित्री कपडा खो’ल्न लगाइयो

भारतको एउटा विद्यालयका प्रधानाध्यापक, छात्रावास रेक्टर, र चतुर्थ श्रेणीका कर्मचारीलाई निलम्बित गरिएको छ ।
पश्चिमी राज्य गुजरातमा रहेको सहजानन्द गर्ल्स इन्स्टिट्युट ९एसएसजीआई० मा अध्ययन गरिरहेका छात्राहरुले महिला कर्मचारीको अगाडि भित्री कपडा फुकाल्नु परेको बताएका बीबीसीले जनाएको छ । ६८ जना छात्रालाई कक्षाकोठाबाट शौचालयमा लगेर एकरएक गरी भित्री कपडा फुकाल्न लगाइएको खबरमा बताइएको छ ।
पीडित छात्राहरूका अनुसार महिनावारीसम्बन्धी नियमलाई कतिपय छात्राले उल्लङ्घन गरेको भन्दै कलेजले यस्तो गरेको हो । कलेजको नियमअनुसार महिनावारी भएका महिलाहरूलाई मन्दिर तथा भान्सामा प्रवेश गर्न र अरु विद्यार्थीलाई छुन प्रतिबन्ध छ ।
खाना खाने बेला महिनावारी भएका महिलाहरूले अरूभन्दा पर बस्नुपर्छ । आफ्नो थाल आफैले माझ्नुपर्छ र कक्षाकोठाभित्र सबैभन्दा पछाडिको बेन्चमा बस्नुपर्ने हुन्छ ।
हरेक छात्राले महिनावारी भएको बारेमा एउटा फायलमा नाम लेख्नुपर्नेमा गएको दुई महिनादेखि कसैले पनि नाम नलेखेपछि कलेज प्रशासनले महिनावारी भए वा नभएको पुष्टि गर्न लगाएको बीबीसीले जनाएको छ ।
यो घटना गएको ११ फेब्रुअरीमा एसएसजीआई परिसरको छात्रावासमा भएको थियो । ujyaloonline
क्याटेगोरी : अन्तर्राष्ट्रिय, प्रवास, रोचक


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस