भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ पुग्यो

२०७६ भारतमा कोरानो भाइरसको सङ्क्रमका कारण थप एक जनाको मृत्यु भएको छ। राजधानी नयाँ दिल्लीमा शुक्रबार राति ६८ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। भारतमा यसअघि अर्का एक जनाको पनि कोरोनाकै कारण मृत्यु भएको स्वास्थ्य अधिकारीले पुष्टि गरेका थिए।

नयाँ दिल्लीमा अरु छ जना कोरोना भाइरस सङ्क्रमित भएका छन्। गत बिहीबार कोरोना सङ्क्रमित पहिलो व्यक्तिको मृत्यु भएको घोषणा गरिएको थियो। ती व्यक्तिको गत मङ्गलबार कर्नाटकमा मृत्यु भएको जनाइएको छ। पहिलो मृत्यु हुने व्यक्ति पनि महिला नै रहेको र ७६ वर्षीया रहेको अधिकारीले बताएका छन्।

ती व्यक्ति साउदी अरबको भ्रमण गरेर आएकी पाइएको छ। दुई जनाको मृत्यु हुँदासम्म भाइरसमा सङ्क्रमितको सङ्ख्या ८२ पुगेको छ।

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker