Techie IT

विश्वका झन्डै १ लाख ७४ हजारमा कोरोना भाइरस


पछिल्लो तथ्याङ्कअनुसार विश्वका झन्डै १ लाख ७४ हजारमा कोरोना भाइरस ९कोभिड–१९०को संक्रमण भेटिएको पुष्टि भइसकेको छ ।

यसमध्ये ६ हजार ६०० बढीको मृत्यु भइसकेको छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई महामारी घोषणा गर्दै सावधानीका उपाय अबलम्बन गर्न सबै देशका सरकारसँग आग्रह गरेको छ ।

तर, कोरोनाको केन्द्रबिन्दू मानिएको चीनसँग सीमा जोडिएको नेपाल अझै पनि हल्ला र त्रासमै सीमित छ ।

कोरोनाको महामारी विश्वव्यापी फैलिसक्दा पनि एकमात्रै अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल भित्रिएका एकजनामा मात्रै संक्रमण भेटिएको पुष्टि भएको छ र ती व्यक्ति पनि उपचार गरेर निको भइसकेका छन् । यसको अर्थ नेपाल कोरोना भाइरसको खतरामा छैन भनेर बुझ्नु गलत हुनेछ ।

कोरोनाको संक्रमण रोक्न सरकारले विमानस्थलमा विशेष निगरानी गर्नुको विकल्प छैन । र, सरकारले सावधानी अपनाइएको पनि भनिरहेको छ । ुनेपाल आउने सम्पूर्ण स्वदेशी एवं विदेशी नागरिक, गैरआवासीय नेपालीले समेत नेपाल प्रवेश गरेको दिनबाट १४ दिनसम्म अनिवार्य रुपमा ‘होम क्वारेन्टाइन’ मा बस्नुपर्नेु अध्यागमन विभागले जारी गरेको निर्देशनमा भनिएको छ । ratopati


क्याटेगोरी : अन्तर्राष्ट्रिय, मुख्य समाचार, स्वास्थ्य

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस