अमेरिकी राष्ट्रपति ट्रम्प पिडामा, उपचारको क्रममा भाइको नि$धन

३२ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको नि$धन भएको छ । न्यूयोर्कस्थित अस्पतालमा उपचारको क्रममा रोबर्टको नि$धन भएको हो । यसको जानकारी राष्ट्रपति ट्रम्प स्वयंले दिएका छन् । राष्ट्रपति ट्रम्प शनिबार मात्रै आफ्नो भाइलाई भेट्न अस्पताल गएका थिए ।

एक बयान जारी गर्दै ट्रम्पले भनेका छन्, ‘गह्रुंगो मनका साथ म तपाईंलाई यो जानकारी दिँदै छु कि मेरो भाइ रोबर्ट ट्रम्पले गएराति अन्तिम सास लियो । ऊ मेरो भाइमात्र थिएन, मेरो राम्रो साथी पनि थियो । उसको याद सधैं मेरो हृदयमा रहने छ ।’ ७२ वर्षीय रोबर्ट राष्ट्रपति ट्रम्पभन्दा दुई वर्ष कान्छा थिए र उनी रियल स्टेटको कारोबारी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker