ट्रम्पले राष्ट्रको नाममा सम्बोधन गर्ने : भने, ‘ठूलो जित’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज राति राष्ट्रको नाममा सम्बोधन गर्ने जनाउनुभएको छ । उहाँले आफ्नो फेसबुक पेजमा यसबारे जानकारी दिदै भन्नुभएको छ, ‘आज राति म सम्बोधन गर्नेछु । एउटा ठूलो जित ।’

सम्बोधनमा ट्रम्पले आफ्नो पकड र विचार राख्न चाहेको ट्रम्मको चुनावी अभियान हेर्दै आउनुभएका एकजना अधिकारीले बताएको बीबीसीले जनाएको छ । ती अधिकारीका अनुसार ट्रम्पले आफ्नो जितको घोषणा गर्न नभइ आफ्नो धारणा मात्र पेश गर्नुहुनेछ । ह्वाइट हाउसको पूर्वी कोठाबाट ट्रम्पले सम्बोधन गर्ने ती अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपतीय चुनावको सुरुवाती नतिजाले धेरै राज्यमा ट्रम्प र बाइडेनबीच कडा प्रतिस्र्धा भएको देखाएको छ । मंगलबार भएको मतदानमा १० करोड भन्दा बढी मानिसले भोट हालेका छन् । अमेरिकाको इतिहासमा यति धेरै मतदान पहिलो पटक भएको बीबीसीले जनाएको छ ।

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker