अमेरिकी चुनाव २०२० : ‘नतिजाको लागि अझै केही दिन कुर्नुपर्ने हुन सक्छ’

काठमाण्डाै – अमेरिकामा राष्ट्रपतीय चुनावको अहिलेसम्मको नतिजाअनुसार डोनाल्ड ट्रम्प र जो बाइडेनमा को जिततर्फ अघि बढिरहेका छन् ?
अमेरिकामा अबको राष्ट्रपति को बन्दैछन् ?
यी प्रश्नको सही उत्तर अहिलेलाई हामीलाई थाहा छैन भन्नु नै उचित हुन्छ किनकि अहिलेसम्म डोनाल्ड ट्रम्प र जो बाइडेनको जितको घोषणा गर्नका लागि पर्याप्त मत गनिसकिएको छैन ।
कोरोना प्रकोपका कारण यस चुनावमा पोस्टल ब्यालटको सङ्ख्या निकै नै धेरै छ, जसलाई गन्नको लागि केही दिनको समय लाग्न सक्छ । यदि नतिजालाई लिएर केही कानुनी चुनौतीहरु देखियो भने यसमा केही हप्ता लाग्न सक्छ ।
अहिलेसम्म के सङ्केत छ ?
राष्ट्रपति बन्नको लागि ट्रम्प वा बाइडेनलाई पपुलर भोट जित्ने आवश्यकता छैन । प्रत्याशीहरुलाई राष्ट्रपति बन्नको लागि इलेक्टोरल कलेजमा जित आवश्यक पर्छ ।
प्रत्येक राज्यमा इलेक्टर्सको सङ्ख्या सामान्यतया त्यस राज्यको जनसङ्ख्याको अनुपातमा हुने गर्दछ । यदि तपाईँ ती राज्य जित्नु हुन्छ भने तपाईँ त्यसको (नेब्रास्का र माइन छोडेर किनकि यो प्रक्रिया केही जटिल छ) भोट पनि जित्नु हुन्छ ।
कुल इलेक्टर्सको सङ्ख्या पाँच सय ३८ छ । तसर्थ इलेक्टोरल कलेजको दुई सय ७० भोट जसले जित्छ ऊ नै राष्ट्रपति बन्नेछ । क्यालिफोर्नियामा सबैभन्दा धेरै ५५ इलेक्टर्स छ । जबकि व्योमिङ, अलास्का र नर्थ डेकोटा जस्ता केही राज्यमा यी इलेक्टर्सको सङ्ख्या न्यूनतम तीन छ ।
रेकर्ड मतदानको बाबजुद केवल केही राज्य यस चुनावमा निकै महत्त्वपूर्ण छ, जसले नतिजाको घोषणा गर्नेछ । यी राज्यहरुलाई स्विङ स्टेट वा ब्याटलग्राउण्ड स्टेट भनिन्छ ।
अमेरिकामा कुल ५० राज्य छ र ४० भन्दा धेरै राज्यको बारेमा पहिलेदेखि नै कुन राज्यमा कसको जित हून्छ भने आँकलन हुन्छ ।
बाँकी आठ–दश राज्यमा प्रत्येक चुनावमा स्थिति बदलिन्छ, कहिले उनीहरु डेमोक्रेट उम्मेदवारको समर्थन गर्छन् त कहिले रिपब्लिकन उम्मेदवारको समर्थन गर्छन् ।
अहिलेसम्म के भयो ?
यस्तो अवस्थामा बाइडेन र ट्रम्प उनीहरुले आरामका साथ जित्छन् भन्ने अनुमान गरिएको राज्यमा जित्छन् ।
केही महत्त्वपूर्ण राज्यमा यी दुईबीच कडा टक्करको स्थिति अहिले पनि कायम छ ।
यद्यपि जुन राज्यमा यी दुईबीच पारस्परिक अवस्था कायम छ त्यहाँ पोस्टल ब्यालटको गणना अझै पनि सुरु भएको छैन । यस गणनामा अहिलेको स्थिति पूरै बदलिन सक्छ ।
मतगणना चलिरहँदा दुवै प्रतिस्पर्धी पनि अहिलेदेखि नै आफ्नो जित सुनिश्चत भएको दाबी गर्दै आएका छन् ।
के हामीले अझै कुर्नुपर्ने हुन्छ ?
अमेरिकामा राष्ट्रपति चुनावका अलावा संसद्को माथिल्लो सदन सिनेटको एक तिहाइ सिटको लागि पनि चुनाव भइरहेको छ । अहिलेसम्मको नतिजनामा केही ठूलो मौका आएको छ तर सिनेटमा जित कसको हुन्छ भन्ने अझै यकिन भइसकेको छैन ।
साउथ क्यारोलिनामा ट्रम्पका सहयोगी सिनेटर लिन्डसे ग्राहमको आफ्नो डेमोक्र्याटिक प्रतिद्वन्द्वी जेमी हेरिसनमाथि जितको अनुमान छ ।
क्विनन कन्सपिरेसी थ्योरीको खुलेर समर्थन गर्ने पहिलो रिपब्लिकन नेता मारजोरी टेलर ग्रीनले सिनेटका सिट जितेका छन् ।
मतपरिणाम कहिले आउँछ भन्ने कुरा पोस्टल ब्यालटको गणनामा निर्भर हुनेछ । मिशिगन, विस्कन्सिन र पेन्सेलभेनिया जस्ता राज्यमा यी मतको गणना अझैँ बाँकी छ ।
केही घण्टाअघि मात्र डोनाल्ड ट्रम्पले चुनावमा धाँधली भएकोले रोक्न माग गर्दै सर्वाेच्च अदालत जाने बताउनुभएको थियो । यसले कानुनी जटिलता पनि निम्त्याउन सक्छ । यही कारणले गर्दा पनि अझै केही दिन कुर्नुपर्ने हुन सक्छ ।
उज्यालो अन्लाईन बाट साभार
क्याटेगोरी : अन्तर्राष्ट्रिय, पत्रपत्रिका, प्रवास, राजनीति, राष्ट्रिय
धेरै पढिएका
ताजा अपडेट
- १ मेल्लेखको समृद्धिका लागी यस्ता छन् गाउँपालिका अध्यक्ष साउँदका योजना (कुराकानी सहित)
- २ डोटीमा खोलाले बगाएर बेपत्ता भएकी बालिकाको शव फेला
- ३ बैतडीमा ३५ सय बढी उद्योग दर्ता
- ४ कैलालीका उम्मेदवारले अझै बुझाएनन् निर्वाचन खर्च
- ५ कैलालीको टीकापुर नगरपालिकामा चालु आर्थिक वर्षका योजना कार्यान्वयन सुरु
- ६ आज साउन महिनाको अन्तिम सोमवार, शिवालयमा दर्शनार्थीको भिड
- ७ अछामका रणनीतिक सडक निर्माणमा करिव १९ करोड वजेट विनियोजित
- ८ विपद् जोखिम व्यवस्थापन तथा स्थानियकरण सम्बन्धी ३ दिने तालिमको कमलबजारमा उद्धघाटन
प्रतिक्रिया दिनुहोस