वेस्ट इण्डिजका मार्लाेन स्यामुअल्सले सबै खालका क्रिकेटबाट सन्न्यास लिए

अछाम – वेस्ट इण्डिज क्रिकेट टिमका ब्याट्सम्यान मार्लाेन स्यामुअल्सले सबै खालका क्रिकेटबाट सन्न्यास लिएका छन् ।

स्यामुअल्सले वेस्ट इण्डिजका लागि आफ्नो अन्तिम खेल सन् २०१८ मा बङ्ग्लादेशविरुद्ध खेलेका थिए । वेस्ट इण्डिजले दुई पटक टी–२० विश्व कपको उपाधि जितेको छ र स्यामुअल्सले दुवै फाइनल खेलमा सबैभन्दा धेरै रन बनाएका थिए ।

ईएसपीएन क्रिकइन्फोको रिपोर्टअनुसार मार्लाेन स्यामुअल्सले यस वर्षको जुन महिनामा नै सन्न्यासको बारेमा बताएका थिए ।

स्यामुअल्सले सन् २०१२ को टी–२० वर्ल्ड कप फाइनलमा विस्फोटका पारी खेलेका थिए । उनले ५६ बलमा तीन चौका र ६ छक्काको मद्दतमा ७८ रन बनाएका थिए । साथै उनले सन् २०१६ को टी–२० वर्ल्ड कप फाइनलमा पनि ६६ बलमा ८५ रन बनाएका थिए ।

उनले सबै फर्म्याटमा आफ्नो करिअरमा ११ हजार एक सय ३४ रन बनाउँदा १७ शतक पनि जोडेका छन् । साथै उनले एक सय ५२ विकेट पनि लिएका छन् ।

उज्यालो अन्लाईन बाट साभार

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker