Techie IT

पाँच वर्षीय बालकले एक घण्टामा २० कथाका पुस्तक पढेर कीर्तिमान राखे


भारतका पाँच वर्षीय बालक आयुष केएसले एक घण्टामा २० वटा कथाका पुस्तक पढेर दुबईमा कीर्तिमान कायम गरेका छन् ।

भारतको केरलाका पाँच वर्ष तीन महिनाका बालकले नरोकिइकन लगातार एक घण्टासम्म कथाका किताब पढेर यस विधामा कीर्तिमान बनाएका हुन् । उनले थ्री बियर्स, स्लाई फक्स एण्ड रेड हेन, रापुन्जेल, हेदी, द लिटल मरर्मेडलगायतका कथाका किताब पढेका थिए ।

जेएसएस इन्टरनेशनल स्कुलको किन्टरगार्डेनमा पढ्दै आएका आयुषले आफ्ना उमेर समूहकालाई पढ्न प्रेरित गरेन ुरिडिङ रुम बाइ आयुषु नामको युट्युब च्यानल पनि चलाउँदै आएका छन् । उनले एक घण्टा पढेको भिडियो पनि उनको च्यानलमा देख्न सकिन्छ ।

आयुषका बुबा सुपाल केजीले भने, ‘आयुषलाई विश्वभरका लेखकहरूले उनीहरूको पुस्तक युट्युब च्यानलमार्फत पढिदिन डाक्ने गरेका छन् । आयुष ती पुस्तक र पत्रिका पनि पढ्न निकै रुचाउँछन् । हामीले उसका लागि थुप्रै पुस्तक किनिदिएका छौँ । पछिल्लो पटक हामीले एकैपटक ४० वटा पुस्तक किनेर ल्याइदिएका थियौँ । उनले निकै छोटो समयमा ती पुस्तक पढिसक्छन् ।’


क्याटेगोरी : अन्तर्राष्ट्रिय

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस