Techie IT

अमेरिकाको पूर्वी क्षेत्रमा भारी हिमपात, खोप अभियान पनि प्रभावित


अमेरिकाको पूर्वी क्षेत्रमा भारी हिमपात हुँदा जनजीवन प्रभावित भएको छ ।

न्यूर्योकसहितका सहरमा भारी हिमपात भएको बीबीसीले जनाएको छ । हिमपातका कारण न्यूयोर्क र न्यूजर्सी राज्य धेरै प्रभावित भएका छन् । न्यूयोर्क सिटी र न्यूजर्सीमा आपतकालको घोषणा गरिएको छ ।

अमेरिकाको राष्ट्रिय मौसम सेवा विभागले हिउँ आँधी न्यू इङ्ग्ल्यान्डतर्फ मोडिने जनाएको छ । हिमपातपछि न्यूजर्सीमा बस तथा रेल सेवा बन्द भएको छ भने न्यूयोर्कमा हवाइ सेवासमेत प्रभावित भएको छ ।

यस्तै, कोरोना भाइरसविरुद्धको खोप अभियान पनि भारी हिमपातका कारण प्रभावित भएको बीबीसीले जनाएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!