Techie IT

पाकिस्तानमा बस दुर्घटना, १४ जनाको मृत्यु


पाकिस्तानको दक्षिण–पश्चिम बलोचिस्तान प्रान्तमा मंगलबार भएको सवारी दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा अरू नौजना गम्भीर घाइते भएका छन् । दक्षिणी सहर कराँचीतर्फ गइरहेको यात्रुबाहक बस कमजोर प्रकाशका कारण मुख्य राजमार्गमा दुर्घटनाग्रस्त भएको थियो ।

घाइतेहरूलाई नजिकको अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये केहीको अवस्था निकै चिन्ताजनक रहेको छ । घटनामा परी ज्यान गुमाएकामध्ये चारजना महिला र पाँचजना बच्चाको शव उनीहरूका परिवारजनलाई बुझाइएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस