Techie IT

ट्रम्पमाथिको महाअभियोग : सिनेटले भन्यो सुनुवाइ संवैधानिक छ


अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको महाअभियोगको सुनुवाइ प्रक्रिया सिनेटमा औपचारिक रुपमा सुरु भएको छ ।

सिनेटमा भएको मतदानमा महाअभियोग संविधान सम्बद्ध रहेको घोषित भएपछि सुनुवाइ प्रक्रिया अघि बढेको हो । महाअभियोगको सुनुुवाइ प्रक्रिया अघि बढाउने पक्षमा डेमोक्र्याटिक पार्टीका सबै ५० तथा रिपब्लिकनका ६ सिनेटरले मत दिएका हुन् ।

सुनुवाइ प्रक्रिया अघि बढे पनि सिनेटले ट्रम्पलाई दोषी ठहर गर्ने सम्भावना भने कम रहेको बीबीसीले जनाएको छ ।

यसअघि पूर्व राष्ट्रपति ट्रम्पका वकिलहरुले उनीमाथि लागेको महाअभियोगको जवाफ प्रस्तुत गरेका थिए । उनीहरुले जनवरी ६ तारिखमा संसद भवनमा भएको हिंसात्मक आक्रमणमा ट्रम्पको कुनै संलग्नता नरहेको दाबी गर्दै आएका छन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस