अमेरिकामा उड्दै गरेको विमानमा आगलागी

अमेरिकामा उड्दै गरेको विमानमा आगलागी भएको छ । बोइङ जेट विमानको इञ्जिन बिग्रिँदा आगलागी भएको हो ।
अमेरिकाको डेनभरबाट होनोलुलुका लागि उडेको बोइङ ७७७ विमानको इञ्जिनमा आगो लागेको हो । आगलागीपछि इञ्जिनको केही भाग टुक्राटुक्रा भएर जमिनमा झरेको थियो ।
आगलागीबाट इञ्जिनको केही भाग जमिनमा झरे पनि विमानलाई सकुशल रुपमा डेनभर विमानस्थलमा अवतरण गराइएको बीबीसीले जनाएको छ । विमानमा चालक दलका १० सदस्यसहित २३१ यात्रु रहेका थिए ।
उनीहरु सबै सुरक्षित रहेका बीबीसीको खबरमा उल्लेख गरिएको छ । इञ्जिनमा समस्या आएपछि विमान चालकले नआत्तिकन बस्न यात्रुलाई आग्रह गरेका थिए ।
उनले डेनभरको विमानस्थलको एयर ट्राफिक कन्ट्रोलमा सम्पर्क गरेर सहयोग मागेका थिए । घटनाको अनुसन्धान हुने विमान कम्पनीले जनाएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस