म्यानमारमा सैन्य शासनविरुद्धको विरोध प्रदर्शन हिंसात्मक हुँदै

म्यानमारमा सेना कू को विरोधमा भइरहेको विरोध प्रदर्शन हिंसात्मक हुँदै गएको छ ।
म्यानमारको मुख्य सहर यङ्गुनमा हिंसात्मक झडप हुँदा २१ जना प्रदर्शनकारीको ज्यान गएको पुष्टि गरिएको छ । तर, प्रदर्शनमा ३८ जना मारिएको आशङ्का गरिएको छ ।
रक्षाफौजले प्रदर्शनकारीमाथि गोली चलाएका र प्रदर्शनकारीले पनि चक्कु र लाठी प्रहार गरेका बीबीसीले जनाएको छ ।
गएको फेब्रुअरी एक तारिखमा प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलगायतका नेताहरुलाई हिरासतमा लिँदै सेनाले सत्ता हातमा लिएपछि म्यानमारमा विरोध प्रदर्शन भइरहेको छ ।
विरोध प्रदर्शनका क्रममा अहिलेसम्म १२० जनाभन्दा धेरैको ज्यान गएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, राजनीति, समाचार


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस