एस्ट्राजेनेकाको खोप नरोक्न विश्व स्वास्थ्य सङ्गठनको आह्वान

विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ० ले एस्ट्राजेनेकाले आविष्कार गरेको कोरोनाविरुद्धको खोप नरोक्न फेरि आह्वान गरेको छ ।
एस्ट्राजेनेकाको खोप लगाएपछि रगत जम्ने समस्या देखिएको भन्दै युरोपका विभिन्न देशले खोप लगाउने काम रोक्न थालेपछि विश्व स्वास्थ्य सङ्गठनले खोप र रगत जम्ने समस्याबीच सम्बन्ध नरहेको भन्दै खोप कार्यक्रमलाई निरन्तरता दिन भनेको बीबीसीले जनाएको छ ।
डब्ल्यूएचओले यसअघि पनि यो खोप सुरक्षित रहेको बताइसकेको छ । युरोपका एक करोड ७० लाखभन्दा धेरैले पहिलो डोज खोप लगाउँदा ४० भन्दा कम मानिसमा रगत जम्ने समस्या देखिएको तर त्यो खोपसँग सम्बन्धित नरहेको डब्ल्यूएचओको भनाइ छ ।
बेलायतले यसअघि नै एस्ट्राजेनेकाको खोप रोकिसकेको छ भने डेनमार्क, नर्वे, आइसल्याण्ड्स, इटली र रोमानीयाले पनि एस्ट्राजेनेकाको खोप लगाउन रोकेका छन् ।
यसैबीच थाइल्याण्ड्सका प्रधानमन्त्री प्रयुत चान ओचाले आज एस्ट्राजेनेकाकै खोप लगाउनुहुने भएको छ । रगत जम्ने खतरा देखिएको भन्दै थाइल्याण्डले पनि शुक्रवार एस्ट्राजेनेकाको खोप लगाउन रोकेको थियो ।
तर खोप सुरक्षित रहेको भन्दै प्रधानमन्त्री ओचाले आज खोप लगाउन लाग्नुभएको चिनियाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।
मन्त्रिपरिषद्का सदस्यमध्ये ६० वर्ष उमेर पूरा भएका अरु मन्त्रीलाई पनि भोलि खोप लगाउने कार्यक्रम रहेको थाइल्याण्ड्सको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस