Techie IT

विवाहको २७ वर्षपछि छुट्टियो बिल गेट्स दम्पती


माइक्रोसफ्टका संस्थापक बिल गेट्स र मेलिन्दा गेट्सले २७ वर्ष लामो वैवाहिक सम्बन्धलाई अन्त्यको घोषणा गरेका छन् । ‘हामीलाई विश्वास हुन छोडेको छ। त्यसैले हामीले जीवनको यो मोडमा सम्बन्धलाई अन्य गर्ने घोषणा गरेका छौं,’ उनीहरूले वक्तव्य जारी गर्दै भनेका छन् ।

निकै सोचबिचार गरी वैवाहिक जीवन अन्त्य गर्ने निर्णयमा पुगेको उनीहरूले ट्वीटरमा उल्लेख गरेका छन् ।

उनीहरूले एउटा फाउन्डेशनको पनि स्थापना गरेका छन्। जसले विश्वभरका मानिसको स्वास्थ्य तथा जीवन उकास्ने काम गर्दै आएको थियो । उनीहरूले फाउन्डेशनको काम भने मिलेर गर्ने बताएका छन् ।

फाउण्डेसनले हालै मात्र बालबालिकालाई संक्रामक रोगबाट बचाउन खोप अभियानका लागि अर्बौं डलर सहयोग गरेको थियो ।

यो जोडीको पहिलो भेट सन् १९८० को दशकमा भएको थियो, जतिबेला मेलिन्दाले माइक्रोसफ्टमा जागिर सुरु गरेकी थिइन् । उनीहरूका तीन सन्तान छन् ।

फोब्र्स म्यागाजिनका अनुसार गेट्स विश्वका चौथो धनी व्यक्ति हुन् । उनीसँग १ सय २४ विलियन अमेरिकी डलर सम्पत्ती छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!