चीनले मङ्गल ग्रहमा पठाएको यानले खिचेको पहिलो तस्बिर सार्वजनिक

चीनले मङ्गल ग्रहमा अवतरण गराएको जुरोङ नामको यानले खिचेको पहिलो तस्बिर सार्वजनिक गरेको छ । गएको शनिवार मङ्गल ग्रहमा अवतरण भएको यानले खिचेको तस्बिर सार्वजनिक भएको बीबीसीले जनाएको छ ।
तस्बिरमा मङ्गल ग्रहको सतहका साथै रोबोटका केही भाग देखिन्छ भने पछाडिको दृश्यमा यानको सौर्य ऊर्जाका प्यानल देखिन्छ । सौर्य ऊर्जाबाट चल्ने दुई सय ४० किलो तौलको यानले मङ्गल ग्रहमा ९० दिन काम गर्ने अपेक्षा गरेको चिनियाँ वैज्ञानिकहरूले बताएका छन् ।
यान मङ्गल ग्रहको उत्तरी गोलार्धमा रहेको छ । यानमा क्यामराबाहेक अरू पाँच उपकरण छन् जसले त्यहाँको चट्टान र मौसमको अध्ययन गर्नेछन् ।
अमेरिकाले सन् १९७६ मा भाइकिङ–२ अवतरण गरेकै ठाउँ वरपर जुरोङ यान अवतरण भएको छ । त्यहाँ लामो समयअगाडि समुद्र रहेको हुन सक्ने वैज्ञानिकहरूको विश्वास छ । त्यहाँ सतहमुनि निकै मात्रामा हिउँ रहेको भू–उपग्रहको तथ्याङ्कले देखाउने वैज्ञानिकहरूको धारणा छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस