मालीका राष्ट्रपति र प्रधानमन्त्री सेनाको नियन्त्रणमा

अफ्रिकी देश मालीमा रहेको संयुक्त राष्ट्रसंघीय मिसनले सेनाद्वारा नियन्त्रणमा लिइएका राष्ट्रपति र प्रधानमन्त्रीको तत्काल रिहाइको माग गरेको छ।
राजधानी बामाको नजिकैको काटी सैनिक क्याम्पका सैनिकले राष्ट्रपति बाह एनदाव र प्रधानमन्त्री मोक्तार ओएनलाई नियन्त्रणमा लिएका हुन्। संयुक्त राष्ट्रसंघीय मिसनले दुवै पक्षलाई शान्त रहन अपील समेत गरेको छ ।
राष्ट्रपति र प्रधानमन्त्रीलाई नियन्त्रणमा लिइएको खबरसँगै मालीमा वर्षदिन भित्रै दोस्रोपटक सैन्य कू को भय बढाएको छ। ९ महिना पहिले मालीमा सैन्य कू भएको थियो ।
रक्षा मन्त्रीलाई पनि बन्धक बनाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। अफ्रिकन युनियन, इकोनोमिक कम्युनिटी अफ वेष्ट अफ्रिकन स्टेट्स, युरोपियन युनियन र अमेरिकासहितले घटनाको निन्दा गरेका छन् ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस