मलेसियाको टनेलभित्र दुई रेल ठोक्किँदा दुई सय बढी यात्रु घाइते

मलेसियाको राजधानीको क्वालालम्पुर नजिकैको भूमिगत रेलमार्गमा दुई रेल ठोक्किँदा २ सय बढी यात्रु घाइते भएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार मलेसियाको पेट्रोनाज ट्वीन टावर नजिकैको टनेलमा सोमबार राति स्थानीय समयअनुसार पौने ९ बजे एउटा खाली रेल र अर्को यात्रुवाहक रेल ठोक्किएका हुन् ।
विपरीत दिशामा गइरहेका दुबै रेल एउटै ट्र्याकमा भएकाले दुर्घटना भएको हो। तीमध्ये खाली रेल मर्मतपछि ल्याइएको थियो। रेल वे ट्राफिकका कर्मचारीहरूले सञ्चार गर्दा फरक परेकाले दुबै रेल एउटै ट्र्याकमा कुदेको हुन सक्ने बताइएको छ ।
घाइतेमध्ये ४७ जनाको अवस्था गम्भीर छ भने बाँकी सामान्य छन्। मलेसियाका प्रधानमन्त्री मुहिद्दिन यासिनले दुर्घटनालाई गम्भीर भन्दै विस्तृत छानबिन गर्न निर्देशन दिएका छन् ।
यातायात मन्त्री वी का सियोङले उक्त मेट्रो रेलको २३ वर्षे इतिहासमा यो ठूलो दुर्घटना भएको बताएका छन् ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस