भारतमा दैनिक कोरोना संक्रमितको संख्या १ लाख ९६ हजारमा झर्यो

भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) का १ लाख ९६ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा गत अप्रिल १४ यता पहिलोपटक दैनिक नयाँ संक्रमितको संख्या २ लाखभन्दा कममा झरेको हो ।
पछिल्लो समय भारतमा कोरोनाका नयाँ संक्रमितको संख्यामा निरन्तरको कमी देखिएको छ । यद्यपि अन्य मुलुकको तुलनामा भने भारतमा कोरोना संक्रमण उच्च छ । भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण ३ हजार ५११ जनाको मृत्यु भएको छ ।
यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको समग्र संख्या २ करोड ६९ लाख नाघेको छ भने कोरोनाबाट मृत्यु हुनेको संख्या तीन लाख ७ हजार २३१ पुगेको छ । भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि २५ लाख ८६ हजारमा झरेको छ ।
पछिल्लो २४ घण्टामा भारतको तामिलनाडुमा ३४ हजारभन्दा धेरै नयाँ संक्रमित पाइएका छन् भने कर्नाटकमा नयाँ संक्रमितको संख्या २५ हजारभन्दा धेरै छ । त्यस्तै उक्त अवधिमा महाराष्ट्रमा कोरोनाका नयाँ संक्रमितको संख्या २२ हजारभन्दा धेरै छ ।
भारतमा अहिलेसम्म १९ करोड ८५ लाख डोजभन्दा धेरै कोरोना खोप मानिसहरुलाई लगाइसकिएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस