Techie IT

कोरोना भाइरस प्रयोगशालाबाटै बाहिरिएको हुनसक्छ – बेलायत


बेलायतको जासुसी संस्थाले पनि कोरोना भाइरस प्रयोगशालाबाटै बाहिरिएको हुन सक्ने बताएको छ ।

अमेरिकाको जासुसी संस्थाले वुहानको एक प्रयोगशालाबाट कोरोना भाइरस बाहिरिएको दाबी गरेको केही समयपछि बेलायतको जासुसी संस्थाले पनि भाइरस प्रयोगशालाबाटै बाहिरिएको हुन सक्ने बताएको बीबीसीले जनाएको छ ।

जासुसी संस्थाले भाइरस प्रयोगशालाबाट बाहिरिएको बताएसँगै बेलायतका खोप मन्त्री नदिम जहावीले कोरोना भाइरसको स्रोत पत्ता लगाउन थप अनुसन्धानहरु गर्न आग्रह गर्नुभएको छ ।

भविष्यमा प्रयोगशालाहरुको कमजोरीका कारण मानव स्वास्थ्यमा आउन सक्ने समस्याहरु रोक्न पनि कोरोना भाइरसको उत्पत्तिबारे तथ्यहरु सार्वजनिक हुनुपर्ने मन्त्री जहावीले बताउनुभएको छ ।

अमेरिकाले लामो समयदेखि कोरोना भाइरस वुहानको एउटा प्रयोगशालाबाट बाहिरिएको दाबी गर्दै आएको छ ।

अमेरिकाका राष्ट्रपति जो बाइडेनले ९० दिनभित्र अनुसन्धान प्रतिवेदन दिन जासुसी संस्थालाई निर्देशन दिइसक्नुभएको छ।

चीनले भाइरस प्रयोगशालाबाट बाहिरिएको कुरा अस्वीकार गर्दै आएको छ । विश्व स्वास्थ्य सङ्गठनले पनि वुहानमै पुगेर गरेको अध्ययनपछि भाइरस प्रयोगशालाबाट बाहिरिएको हुन नसक्ने जनाएको छ ।

उज्यालो अनलाईबाट


क्याटेगोरी : अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार, स्वास्थ्य

मथुरा भुल
मथुरा भुल रेडियो बान्नीगढीमा कार्यरत छन् । उनले समसामयिक विषयवस्तुमा कलम चलाउँछन् ।

प्रतिक्रिया दिनुहोस