Techie IT

चीनमा कोरोना सङ्क्रमण फेरि बढ्दै, तेस्रो लहरको चेतावनी


चीनमा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न थालेको छ। चीनको दक्षिणी सहर ग्वांझोमा हिजो १८ जनामा सङ्क्रमण भएको पाइएको छ।

सङ्क्रमितमध्ये सात जना सहरभन्दा बाहिरबाट गएका व्यक्तिहरु रहेका बीबीसीले जनाएको छ। सङ्क्रमण बढेसँगै यो सहरमा हुने उडान सेवा बन्द गरिएको छ।

गएको २४ घण्टामा चीनमा २७ जना सङ्क्रमित भेटिएका छन्। योसँगै अहिलेसम्म चीनमा ९१ हजार ९९ जनालाई सङ्क्रमण पुष्टि भएको छ भने कोरोनाका कारण अहिलेसम्म चार हजार ६ सय ३६ जनाको ज्यान गएको छ ।

यस्तै, बेलायतमा कोरोनाको तेस्रो लहरको चेतावनी दिइएको छ। त्यहाँका वैज्ञानिकले तेस्रो लहरको सुरुवाती सङ्केत देखिएको बताएका छन्।

युनिभर्सिटी अफ क्याम्ब्रिजका प्राध्यापक रवि गुप्ताले कोरोना सङ्क्रमण अहिले केही कम देखिए पनि फेरि फैलिन सक्ने बताए।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, कोरोना कहर, समाचार

एकिन्द्र थापा
थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

प्रतिक्रिया दिनुहोस