Techie IT

इक्वेडरको जेलमा झडप १८ जना कैदिको मृत्यु, ३५ घाइते


इक्वेडरको जेलमा दुई समूहबीच झडप हुँदा १८ जना कैदीको मृत्यु भएको छ।

घटनामा ३५ जना घाइते भएका छन् । मध्य इक्वेडरको गुआयाकील र लाटाकुंगा जेलमा उक्त झडप भएको थियो। झडपमा ९ जना प्रहरी समेत घाइते भएको जेलका अधिकारीले बताएका छन्।

झडपका बेला लाटाकुंगा जेलबाट भागेकामध्ये ४५ जनालाई पक्राउ गरिसकिएको छ।

यसअघि यसै वर्षका फेब्रुअरीमा इक्वेडरको एक जेल भित्र भएको झडपमा ८० जनाको मृत्यु भएको थियो।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

मथुरा भुल रेडियो बान्नीगढीमा कार्यरत छन् । उनले समसामयिक विषयवस्तुमा कलम चलाउँछन् ।

प्रतिक्रिया दिनुहोस