Techie IT

कुवेतमा रोजगारदाताले अनलाइनबाटै श्रमिकको भिसा परिवर्तन गर्न सक्ने


कुवेतमा अब रोजगारदाताले अनलाइनबाटै श्रमिकको भिसा परिवर्तन गर्न मिल्ने भएको छ ।

त्यहाँको पब्लिक अथोरिटी अफ म्यानपावर पाम अन्तर्गत जनसम्पर्क विभागका प्रवक्ता असील अल मज्यादले रोजगारदाताको लागि नयाँ अनलाइन प्लेटफर्म ल्याएको बताउनुभएको हो ।

भिसासँग सम्बन्धित लेनदेनका कुराहरुलाई समेटिएको नयाँ अनलाइन प्लेटफर्मले रोजगारदातालाई सजिलो हुने असील अलको भनाइलाई उद्धृत गर्दै गल्फ न्युजले लेखेको छ ।

योसँगै अब रोजगारदाताले अनलाइनबाटै आफ्ना श्रमिकलाई एक क्षेत्रबाट अर्को क्षेत्रको भिसा प्रदान गर्न सक्नेछन् । एक ठाउँबाट अर्को ठाउँमा काम गर्नको लागि पठाउन सक्नेछन् । यस्तै आफ्ना श्रमिकहरुको बारेमा पनि अभिलेखिकरण गर्न सजिलो हुने बताइएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

प्रतिक्रिया दिनुहोस