अफगानिस्तानमा आज तालिबानले नयाँ सरकार घोषणा गर्न सक्ने

अफगानिस्तानमा तालिबानले नयाँ सरकार घोषणा गर्ने तयारी गरेको छ ।
नयाँ सरकारको घोषणाका लागि काबुलमा रहेको राष्ट्रपति कार्यालयमा एक समारोहको तयारी भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तालिबानका सर्वोच्च नेता हैबातुल्लाह अखुन्दजादा नै अफगानिस्तानको सर्वोच्च नेता घोषणा हुने सम्भावना रहेको खबरमा उल्लेख छ ।
केही दिनयता नयाँ सरकार घोषणा गर्न भन्दै तालिबानले छलफललाई निरन्तरा दिँदै आएको छ । छलफल लगभग टुङ्गिएकाले आज नयाँ सरकार घोषणा हुन सक्ने अनुमान गरिएको हो ।
तालिबानको सरकारमा राष्ट्रपति र प्रधानमन्त्री हुने खबरमा उल्लेख छ । तर, सरकारमा महिला सहभागी हुनेरनहुने बारे केही खुलाइएको छैन । तालिबानहरूले यसअघि सन् १९९६ देखि २००१ सम्म अफगानिस्तानमा इस्लामिक सरिया कानुनअनुसार शासन चलाएका थिए ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
धेरै पढिएका
ताजा अपडेट
- १ पालिका स्तरीय बालकोषबाट १६ जना बालबालबालिकालाई शैक्षिक सामाग्री वितरण
- २ बझाङमा छोराछोरी सहित २२ वर्षीया आमा झुन्डिएको अवस्थामा फेला
- ३ अछाममा ४ हजार ८० नयाँ मतदाता थपिए
- ४ धनगढीमा घर अगाडी राखेको ट्रेक्टरमा आगजनी
- ५ श्रीमतीको अचानो प्रहारले श्रीमानको मृत्यु
- ६ आफ्नो पाचँ बर्षको कार्यकालमा वडाका थुप्रै अधुरा योजनाहरु पुरा गर्छुु : वडा अध्यक्ष थापा
- ७ जन्म दिनको अवसरमा बोगटीद्धारा क्यान्सर पिडितलाई आर्थिक सहयोग
- ८ ईयूको ग्यास खपतमा १५ प्रतिशतले कटौती गर्ने योजना आजदेखि लागू
प्रतिक्रिया दिनुहोस