इराकमा आईएस समूहद्वारा प्रहरी चौकीमा आक्रमण, १३ सुरक्षाकर्मीको ज्यान गयो, ६ घाइते

इराकमा इस्लामिक स्टेट आईएसले आक्रमण गर्दा १३ जना सुरक्षाकर्मीको ज्यान गएको छ ।
एउटा प्रहरी चौकीमा भएको आक्रमणमा कम्तीमा १३ जना सुरक्षार्मीको ज्यान गएको इराकको प्रान्तीय प्रहरीलाई उदृत गर्दै समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।
घटनामा अरु ६ जना सुरक्षाकर्मी घाइते भएका छन् । आईएसले चौकीमा आक्रमण गर्नुको साथै सडकमा बिस्फोट पनि गराएका थिए ।
सरकारले सुरक्षा फौजको सहयोगमा कब्जा गरेकोे प्रान्तमा इराकी सुरक्षा बलमाथि विगत केही महिनायता आईएस समूहले आक्रमण तीव्र पारेको छ ।
सन् २०१७ मा इराकी सुरक्षा फौजले इराकी आईएस समूहलाई पराजित गरेपछि इराकको सुरक्षा स्थिति मजबुत रहँदै आएको महसुस गरिएको थियो ।
तर सुरक्षा बल तथा नागरिक विरुद्ध बारम्बार गुरिल्ला आक्रमण गरेर शहरी केन्द्र वा मरुभूमि र पहाडी क्षेत्रमा आईएसले आफ्नो अस्तित्व देखाउने प्रयास गर्दै आएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
धेरै पढिएका
ताजा अपडेट
- १ अपडेट डोटी बस दुर्घटना,५ जनाको अवस्था गम्भीर
- २ चितवनमा हावाहुरी, रुख ढलेर अटोरिक्सामा लाग्दा ३ जनाको ज्यान गयो
- ३ विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
- ४ काठमाण्डौमा बालेन र चितवनमा रेनुको अग्रता कायमै,
- ५ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ८ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
प्रतिक्रिया दिनुहोस