दक्षिण अफ्रिकासँगको एकदिवसीय क्रिकेट शृङ्खला श्रीलंकालाई

घरेलु टोली श्रीलंकाले दक्षिण अफ्रिकासँगको तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खला जितेको छ । कोलम्बोमा तेस्रो तथा अन्तिम खेलमा दक्षिण अफ्रिकालाई ७८ रनले हराउँदै श्रीलंकाले शृङ्खला २–१ ले जितेको हो ।
श्रीलंकाले दिएको २ सय ४ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ३० ओभरमा अलआउट हुँदै १ सय २५ रनमा समेटियो । दक्षिण अफ्रिकाका हेन्रिच क्लासेनले सर्वाधिक २२ रन जोडे । श्रीलंकाका महेस थिक्सनाले ४ तथा वाविन्दु हसरंगा र दुश्मन्था चामिराले २र२ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन जोडेको थियो । श्रीलंकाका चारिथ असालंकाले सर्वाधिक ४७ रन जोडे । दक्षिण अफ्रिकाका केशव महाराजले ३ तथा जर्ज लिन्डे र ट्राबेज शाम्सीले २र२ विकेट लिए । पहिलो खेलमा श्रीलंका १४ रनले विजयी भएको थियो भने दोस्रो खेल दक्षिण अफ्रिकाले ६७ रनले जितेको थियो ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, खेलकुद, समाचार
धेरै पढिएका
ताजा अपडेट
- १ अपडेट डोटी बस दुर्घटना,५ जनाको अवस्था गम्भीर
- २ चितवनमा हावाहुरी, रुख ढलेर अटोरिक्सामा लाग्दा ३ जनाको ज्यान गयो
- ३ विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
- ४ काठमाण्डौमा बालेन र चितवनमा रेनुको अग्रता कायमै,
- ५ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ८ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
प्रतिक्रिया दिनुहोस