मेक्सिकोको सर्वोच्च अदालतको ऐतिहासिक फैसला : गर्भपतन अपराध नभएको ठहर

मेक्सिकोको सर्वोच्च अदालतले गर्भपतन अपराध नभएको ठहर गरेको छ ।
गर्भपतनबारे ऐतिहासिक फैसला गरी अदालतले गर्भपतन गराएकाहरूलाई अपराध गरेजस्तै गरी दण्ड दिनु असंवैधानिक भएको उल्लेख गरेको छ ।
उत्तरी राज्य खोवीलासँग सम्बन्धित फैसलाले गर्भपतन गराएकै कारण महिलाविरुद्ध मुद्दा दायर गर्नबाट रोक्ने बीबीसीले जनाएको हाे ।
सर्वोच्च अदालतका न्यायाधीश लुइ मारिया याग्वीलाले यो कदमलाई महिला अधिकारको लागि ऐतिहासिक कदमका रूपमा व्याख्या गरेका छन् ।
सर्वसम्मत गरिएको फैसलामा अदालतले उत्तरी राज्य खोवीलालाई गर्भपतनलाई गैरकानुनी नमान्न आदेश दिएको हो । मेक्सिकोका केही राज्यमा मात्रै गर्भपतनलाई कानुनी मान्यता छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
धेरै पढिएका
ताजा अपडेट
- १ मेल्लेखको समृद्धिका लागी यस्ता छन् गाउँपालिका अध्यक्ष साउँदका योजना (कुराकानी सहित)
- २ डोटीमा खोलाले बगाएर बेपत्ता भएकी बालिकाको शव फेला
- ३ बैतडीमा ३५ सय बढी उद्योग दर्ता
- ४ कैलालीका उम्मेदवारले अझै बुझाएनन् निर्वाचन खर्च
- ५ कैलालीको टीकापुर नगरपालिकामा चालु आर्थिक वर्षका योजना कार्यान्वयन सुरु
- ६ आज साउन महिनाको अन्तिम सोमवार, शिवालयमा दर्शनार्थीको भिड
- ७ अछामका रणनीतिक सडक निर्माणमा करिव १९ करोड वजेट विनियोजित
- ८ विपद् जोखिम व्यवस्थापन तथा स्थानियकरण सम्बन्धी ३ दिने तालिमको कमलबजारमा उद्धघाटन
प्रतिक्रिया दिनुहोस