Techie IT

इण्डोनेसियाको एउटा जेलमा आगलागी हुँदा ४१ जनाको ज्यान गयो


इण्डोनेसियाको एउटा जेलमा आगलागी हुँदा ४१ जनाको ज्यान गएको छ ।

राजधानी जाकार्ताको बाहिरी क्षेत्रमा रहेको एउटा जेलमा आगो लाग्दा ४१ जनाको ज्यान गएको र अरु केही घाइते भएका बीबीसीले जनाएको छ । त्यहाँको बान्टेन प्रान्तको तेङ्गराङ्ग जेलको ब्लक सीमा आगो लागेको त्यहाँको प्रहरीले जनाएको छ ।

आगो लाग्दा त्यहाँ १ सय २२ जना कैदी थिए । ४० जना क्षमता भएको जेलमा १ सय २२ जना कैदी राखिएको थियो । उनीहरु लागु औषधको कारोबारमा दोषी पाइए पछि सजाय काटिरहेका थिए । आगलागी हुनुको कारण बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार

थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

प्रतिक्रिया दिनुहोस