पेरुका क्रान्तिकारी नेता गुजम्यानको निधन

पेरुका क्रान्तिकारी नेता अबिमाइल गुजम्यानको निधन भएको छ । दर्शनशास्त्रका पूर्वप्राध्यापक समेत रहेका गुजम्यानको ८६ वर्षको उमेरमा निधन भएको हो । उहाँलाई गोञ्जालो नामले चिनिन्छ ।
उहाँले सन् १९९२ देखि आतङ्कवाद र देशद्रोहको अभियोगमा आजीवन कारावास भोगिरहनुभएको थियो । उहाँ पेरुको क्रान्तिकारी समूह साइनिङ्ग पाथका नेता तथा संस्थापक हुनुहुन्थ्यो । गएको जुलाईमा उहाँलाई स्वास्थ्य समस्या देखिएपछि जेलबाट अस्पताल लगिएको थियो ।
पेरुमा एक दशकभन्दा लामो समय माओवादी गुरिल्ला समूह र पेरुको सुरक्षाकर्मीबीच चलेको युद्धको क्रममा झण्डै ७० हजार मानिस मारिएका वा बेपत्ता भएका थिए । गुजम्यान पक्राउ परेपछि साइनिङ्ग पाथलाई गम्भीर धक्का लागेको थियो । तर अझै पनि त्यस समूहका केही सदस्यहरु सक्रिय छन् ।
गुजम्यान पेरुको दक्षिणी तटीय क्षेत्रमा रहेको मोलेन्दो बजार नजिकै सन् १९३४ को डिसेम्बरमा जन्मिनु भएको थियो । दार्शनिक नेता मानिने गुजम्यान विश्वभरका कम्युनिस्ट क्रान्तिकारीका प्रेरणाका स्रोत मानिनुहुन्छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
धेरै पढिएका
ताजा अपडेट
- १ पालिका स्तरीय बालकोषबाट १६ जना बालबालबालिकालाई शैक्षिक सामाग्री वितरण
- २ बझाङमा छोराछोरी सहित २२ वर्षीया आमा झुन्डिएको अवस्थामा फेला
- ३ अछाममा ४ हजार ८० नयाँ मतदाता थपिए
- ४ धनगढीमा घर अगाडी राखेको ट्रेक्टरमा आगजनी
- ५ श्रीमतीको अचानो प्रहारले श्रीमानको मृत्यु
- ६ आफ्नो पाचँ बर्षको कार्यकालमा वडाका थुप्रै अधुरा योजनाहरु पुरा गर्छुु : वडा अध्यक्ष थापा
- ७ जन्म दिनको अवसरमा बोगटीद्धारा क्यान्सर पिडितलाई आर्थिक सहयोग
- ८ ईयूको ग्यास खपतमा १५ प्रतिशतले कटौती गर्ने योजना आजदेखि लागू
प्रतिक्रिया दिनुहोस