Techie IT

कतारका विदेशमन्त्री अफगानिस्तानको भ्रमणमा


कतारका विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानी अफगानिस्तान भ्रमणमा जानु भएको छ ।

उहाँ अफगानिस्तानको राजधानी पुग्नु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तालिबानको कब्जामा आएपछि वरिष्ठ विदेशी प्रतिनिधिमण्डलले अफगानिस्तानको भ्रमण गरेको यो पहिलो पटक हो ।

कतारका विदेश मन्त्रीले तालिबानसँगै पूर्व राष्ट्रपति हामिद कारजाइ र पूर्व सीईओ  अब्दुल्लासँग पनि भेटवार्ता गरेको तस्बिर सार्वजनिक भएको छ ।

तालिबानसँगको भेटवार्तामा द्धिपक्षीय सम्बन्ध, मानवीय सहायता, आर्थिक विकास लगायत विषयमा छलफल भएको खबरमा उल्लेख छ ।

कतारले यसअघि अमेरिका र तालिबानबीच शान्तिवार्ताका लागि मध्यस्तकर्ताको भूमिका निभाएको थियो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

प्रतिक्रिया दिनुहोस