कुवेतमा कोरोना सङ्क्रमण दर शून्य दशमलव ३ प्रतिशतमा झर्यो

नेपाली श्रमिकको श्रम गन्तव्य देश कुवेतमा कोरोना सङ्क्रमण दर घटेको छ ।
कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार कुवेतमा कोरोना सङ्क्रमण दर शून्य दशमलव ३ प्रतिशतमा झरेको छ । यस्तै कोरोना सङ्क्रमण मुक्त हुनेको सङ्ख्या पनि ९९।०९ प्रतिशत पुगेको छ ।
पछिल्लो समय कोरोना सङ्क्रमण दर घट्नुमा नागरिकलाई लगाइएको खोपको उपलब्धि भएको कुवेती स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ ।
कुवेतमा अहिलेसम्म ४ लाख १० हजार ९०१ जनामा कोरोना सङ्क्रमण भएको छ । जसमध्ये ४ लाख ७ हजार ३९६ जना निको भएका छन् भने २४ सय ३४ जनाको ज्यान गएको छ ।
अहिले कुवेतमा सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ७१ जना मात्रै रहेको वल्र्डओमिटरले उल्लेख गरेको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
धेरै पढिएका
ताजा अपडेट
- १ अपडेट डोटी बस दुर्घटना,५ जनाको अवस्था गम्भीर
- २ चितवनमा हावाहुरी, रुख ढलेर अटोरिक्सामा लाग्दा ३ जनाको ज्यान गयो
- ३ विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
- ४ काठमाण्डौमा बालेन र चितवनमा रेनुको अग्रता कायमै,
- ५ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ८ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
प्रतिक्रिया दिनुहोस