इटलीमा कर्मचारीहरुका लागि हरियो पास अनिवार्य गरिने

इटलीमा कर्मचारीहरुका लागि हरियो पास अनिवार्य गरिने भएको छ ।
कर्मचारीहरूले खोप लगाएको, कोरोना परीक्षण गर्दा नतिजा नेगेटिभ आएको वा कोरोना भाइरसबाट सङ्क्रमित भएर निको भएको प्रमाण प्रमाणका लागि हरियो पास अनिवार्य गर्न लागिएको हो । युरोपमा इटलीले पहिलो पटक यस्तो व्यवस्था सार्वजनिक गर्न लागेको बीबीसीले जनाएको छ ।
हरियो पास नहुने कर्मचारी निलम्बनमा पर्न सक्ने जनाइएको छ । उनीहरूको पारिश्रमिक पाँच दिनसम्म रोक्न सकिने समेत खबरमा भनिएको छ । यो नियम अक्टोबर १५ तारिखदेखि कार्यान्वयनमा आउने छ ।
इटलीमा खोप लगाउनेहरूको सङ्ख्या बढाउनका लागि गर्न लागिएको खबरमा उल्लेख छ । अब विद्यालयका कर्मचारीहरूले पनि हरियो पास देखाउनुपर्ने छ । केही शिक्षकहरूलाई त्यस्तो गर्न नसकेका कारण कामबाट फर्कन भनिएको बताइएको छ ।
इटलीमा मध्य अक्टोबरदेखि झन्डै २ करोड ३० लाख मानिसहरूले त्यस्तो प्रमाणित गर्नुपर्नेछ । नियम अवज्ञा गर्नेहरूले १ हजार आठ सय अमेरिकी डलरसम्मको जरिबाना तिर्नुपर्ने व्यवस्था छ भने उनीहरूलाई निलम्बन समेत गर्न सकिने व्यवस्था छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
धेरै पढिएका
ताजा अपडेट
- १ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- २ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ३ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ४ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
- ५ अछामका ४६ वडाको नतिजा सार्वजनिक एमाले पहिलो स्थानमा
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ ढकारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काग्रेस विजयी
- ८ ७६ स्थानीय तहको परिणाम सार्वजनिक, कुन पार्टीको कति जित ?
प्रतिक्रिया दिनुहोस