Techie IT

इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी साउथह्याम्पटनसँग बराबरीमा रोकियो


इङ्ग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा सिटी र साउथह्याम्पटनले गोलरहित बराबरी खेलेका हुन्।

बराबरीसँगै सिटीले घरेलु मैदानमा साउथह्याम्पटनसँग अङ्क बाँडेको छ । सिटीको ५ खेलमा १० अङ्क छ । सिटी लिगको दोस्रो स्थानमा छ । त्यस्तै साउथह्याम्पटन ४ अङ्कका साथ १५ औं स्थानमा छ ।

प्रिमियर लिगमा वाट्फोर्डले नर्विच सिटीलाई ३–१ गोलले र ब्रेन्टफोर्डले वुल्भ्सलाई २–० गोलले हराएको छ । न्युक्यासल र लिड्स युनाइटेडले एकरएक गोलको बराबरी खेलेका छन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

प्रतिक्रिया दिनुहोस