Techie IT

आईपीएल क्रिकेटमा आज दिल्ली र हैदराबाद खेल्दै


इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद खेल्दैछन् ।

खेल नेपाली समय अनुसार राति पौने ८ बजेदेखि दुबईमा शुरु हुनेछ । अंकतालिकामा दिल्ली दोस्रो स्थानमा र हैदराबाद पुछारमा छ । दिल्लीले ८ खेलमा ६ मा जित र २ मा हार बेहोरेको छ । उसको १२ अंक छ ।

समान अंक रहेको चेन्नई नेट रन रेटका आधारमा शीर्ष स्थानमा छ । हैदराबाद ७ खेलमा २ अंक जोड्दै पुछारमा छ । यसअघि गएराति भएको खेलमा राजस्थान रोयलले पन्जाब किङ्सलाई दुई रनले हराएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

प्रतिक्रिया दिनुहोस