Techie IT

आईपीएल क्रिकेटमा आज चेन्नई र बेङ्ग्लोर खेल्दै


इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा आज रायल च्यालेञ्जर्स बेङ्ग्लोर र चेन्नई सुपर किङ्ग्स खेल्दै छन् ।

खेल बेलुका पौने ८ बजे शारजाह क्रिकेट स्टेडियममा हुनेछ । चेन्नईले अहिलेसम्म खेलेका आठ खेलमा ६ मा जित र दुईमा हार बेहोरेको छ ।

उसको १२ अङ्क छ । आजको खेल जिते चेन्नई अङ्क तालिकाको शीर्ष स्थानमा उक्लने छ ।

८ खेलमा ५ मा जित र तीनमा हार बेहोरेको बेङ्ग्लोर १० अङ्ककासाथ तालिकाको तेस्रो स्थानमा छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

प्रतिक्रिया दिनुहोस