Techie IT

चिनियाँ विदेशमन्त्री वाङ भन्छन् : नेपालसँगको सम्बन्धमा नयाँ प्रगति चाहन्छौं


चिनियाँ विदेशमन्त्री वाङ यिले नेपालका नवनियुक्त परराष्ट्र मन्त्री नारायण खड्कालाई बधाई सन्देश पठाएका छन् ।

आफ्नो बधाई सन्देशमा वाङले दुई पक्षीय सम्बन्धमा नयाँ प्रगति प्राप्त गर्नका लागि नेपाली समकक्षीसँग मिलेर काम गर्न इच्छुक रहेको बताएको काठमाडौंस्थित चिनियाँ दूतावासले जानकारी दिएको छ ।

यसअघि भारतीय विदेशमन्त्री एसजयशंकरले खड्कालाई बधाई सन्देश पठाएका थिए । एसजयशंकर र खड्का बीचमा अमेरिकाको न्यूयोर्कमा भेटघाटसमेत भएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

प्रतिक्रिया दिनुहोस