Techie IT

ताइवानलाई पुनः एकीकरण गर्ने चिनियाँ राष्ट्रपति सी जिनपिङको भनाइ


चिनियाँ राष्ट्रपति सी जिनपिङले ताइवानसँगको एकीकरण पूरा हुनुपर्ने बताउनुभएको छ ।

राष्ट्रपति सीले शान्तिपूर्ण रूपमा एकीकरण हुनुपर्ने बताउनुभएको बीबीसीले जनाएको छ । विभाजनलाई विरोध गर्ने चिनियाँ नागरिकको परम्परा रहेको भन्दै उहाँले एकीकरणमा जोड दिनुभएको छ ।

राष्ट्रपति सीको भनाइमा प्रतिक्रिया दिँदै ताइवानको राष्ट्रपति कार्यालयले ताइवानको भविष्य त्यहाँकै नागरिकको हातमा रहेको बताएको खबरमा उल्लेख छ । ताइवानले आफूलाई एक सार्वभौम देशका रूपमा मान्छ भने चीनले ताइवानलाई एक अलग प्रान्तका रूपमा हेर्छ ।

पछिल्लो एक हप्तामा ताइवानी आकाशमा एक सय ५० भन्दा धेरै चिनियाँ सैनिक विमानको उडानपछि राष्ट्रपति सीको यस्तो भनाइ बाहिर आएको हो । चिनियाँ राष्ट्रपति सीले ताइवानसँग एक देश – दुई प्रणाली अन्तर्गत शान्तिपूर्ण रूपमा एकीकरण गर्न चाहेको बताउनुभएको छ ।

ताइवानले भने चीनलाई घुसपैठ, उत्पीडन र उत्तेजक कदम रोक्न आग्रह गरेको छ । चीन र ताइवान सन् १९४० को दशकमा गृहयुद्धका क्रममा विभाजित भएका थिए ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

प्रतिक्रिया दिनुहोस