Techie IT

भारतको आन्ध्र प्रदेशमा बाढीमा परि कम्तीमा १५ जनाको ज्यान गयो, सयाैँ बेपत्ता


भारतको आन्ध्र प्रदेशमा दुई दिन देखिकाे निरन्तर वर्षाका कारण आएकाे बाढीमा परि कम्तीमा १५ जनाको ज्यान गएको छ ।

एक सय भन्दा बढी बाढीमा बेपत्ता भएका सुरक्षा अधिकारीहरुलाई उद्धृत गर्दै समाचार संस्था एएनआईले जनाएको छ । गएकाे दुई दिन भएको वर्षाका कारण ठूलो बाढी आएको र धेरै क्षति गरेको खोजी तथा उद्धार कार्यमा खटिएकाले बताएका छन् ।

बाढीले आन्ध्र प्रदेशका चित्तुर कडपा, कुर्नुल र अनन्तपुर जिल्लामा धेरै असर पारेको छ । बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी सहित उद्धारकर्मीहरु खटिएका छन् । हराएका एक सय जनामध्ये सबैजसो जीवित भेटिने सम्भावना कम रहेको पनि उद्धारमा सहभागीहरुले बताएका छन् ।

बेमौसममा परेको ठूलो वर्षाका कारण जनजीवन नराम्रोसँग प्रभावित भएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

प्रतिक्रिया दिनुहोस