Techie IT

इङ्ग्लिस प्रिमियर लिगमा वेस्टह्यामले नर्विच सिटीलाई हरायो


इङ्ग्लिस प्रिमियर लिगमा वेस्टह्यामले नर्विच सिटीलाई हराएको छ । आज बिहान भएको खेलमा वेस्टह्यामले नर्विचलाई २–० गोलले पराजित गरेको हो ।

वेस्टह्यामका लागि दुई वटै गोल जारोड बोवेनले गरे । उनले खेलको ४२ औँ र ८३ औँ मिनेटमा गोल गरेका हुन् । जितसँगै वेस्टह्यामको २१ खेलमा ३७ अङ्क भएको छ । वेस्टह्याम अङ्कतालिकाको चौथो स्थानमा छ । २० खेलमा १० अङ्क रहेको नर्विच सिटी पुछारमा छ ।

प्रिमियर लिगमा म्यानचेस्टर सिटी २१ खेलमा ५३ अङ्कका साथ शीर्षस्थानमा छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

साउँद रेडियो बान्नीगढी तथा बान्नीगढी टुडेको संवाददाता हुन् । उनले समसामयिक बिषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया दिनुहोस