Techie IT

पहिलो टी–२० क्रिकेटमा भारतले वेस्ट इन्डिजलाई ६८ रनले हरायो


भारतले पहिलो टी–२० क्रिकेटमा घरेलु टोली वेस्ट इन्डिजलाई हराएको छ ।

गएराति तरौबाको ब्रायन लारा रङ्गशालामा भएको खेलमा भारतले वेस्ट इन्डिजलाई ६८ रनले हराएको हो । भारतले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ८ विकेट गुमाएर १ सय २२ रन मात्र बनाउन सक्यो ।

भारतका रविचन्द्र आश्विन, रवि बिश्नोई र अर्शदिप सिंहले २/२ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९० रन जोडेको थियो ।

भारतका कप्तान रोहित शर्माले ६४ रनको अर्धशतकीय पारी खेले । जितसँगै भारतले ५ खेलको श्रृङ्खलामा १–० को अग्रता बनाएको छ ।

भारतले यसअघि भएको तीन खेलको एक दिवसीय श्रृङ्खलामा  क्लिन स्वीपु गरेको थियो।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

साउँद रेडियो बान्नीगढी तथा बान्नीगढी टुडेको संवाददाता हुन् । उनले समसामयिक बिषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!