विश्वव्यापी भोकमरी सूचकाङ्कमा भारतको अवस्था ‘गम्भीर’

विश्व भोकमरी सूचकाङ्क (जीएचआई) सन् २०२२ को सूचीमा भारत १ सय ७औँ स्थानमा झरेको छ ।
भारत विश्वका १ सय २० देश र क्षेत्रमध्ये १ सय ७औँ स्थानमा झरेको हो ।
कन्सर्न वर्ल्डवाइड आइरिस सहायता एजेन्सी र वेल्टहङ्गरहिल्फ नामको जर्मन संस्थाले संयुक्त रूपमा भोकमरी सूचकाङ्क प्रतिवेदन हालै सार्वजनिक गरेका हुन् ।
गएको वर्ष १ सय १औँ स्थानमा रहेको भारत तल झरेर एसियाली देशहरु नेपाल, श्रीलङ्का, म्यानमार, बङ्लादेश र पाकिस्तानभन्दा पनि पछि परेको हो ।
जीएचआई अनुसार नेपाल ८१, श्रीलङ्का ६४, म्यानमार ७१, बङ्लादेश ८४ र पाकिस्तान ९९औँ स्थानमा रहेका छन् ।
भोकमरी र कुपोषणको अनुगमन गर्ने जीएचआईका अनुसार भारतमा भोकमरीको स्तर ‘गम्भीर’ छ ।
नयाँ तथ्याङ्कमा यस वर्ष १४ देश वा क्षेत्र भारतभन्दा खराब सूचीमा परेका छन् । अल्पपोषण, बाल पुड्कोपन र पाँच वर्षभन्दा कम उमेरका बच्चाहरूको मृत्युदर गरी जीएचआई स्कोर चार सूचकहरूमा गणना गरिन्छ ।
पाँच वर्षभन्दा कम उमेरका बालबालिकाको तौल कम हुनुलाई अल्पपोषणको कारण मानिन्छ । प्रतिवेदनअनुसार १७ वटा देशले जीएचआई स्कोर ५ भन्दा कम प्राप्त गरेका छन् ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस