पाकिस्तानलाई हराउँदै इङ्ग्ल्यान्डले जित्याे टी–२० विश्व कपकाे उपाधि

पाकिस्तानलाई हराउँदै इङ्ग्ल्यान्डले टी–२० विश्व कप २०२२ काे उपाधि जितेकाे छ ।
आज आइतवार मेलबर्नमा भएकाे फाइनल खेलमा इङ्ग्ल्यान्डले पाकिस्तानलाई पाँच विकेटले हरायाे । पाकिस्तानले दिएकाे एक सय ३८ रनकाे लक्ष्य इङ्ग्ल्यान्डले १९ ओभरमा पाँच विकेट गुमाएर भेटायाे ।
उसका लागि बेन स्टाेक्सले नटआउट ५२ र जाेस बटलरले २६ रन बनाए । बलिङतर्फ पाकिस्तानका हरिस रउफले दुई विकेट लिए । यसअघि पाकिस्तानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ३७ रन बनायाे ।
उसका लागि शन मसुदले ३८ र बाबर आजमले ३२ रन बनाए । बलिङतर्फ इङ्ग्ल्यान्डले साम करनले तीन तथा आदिल रशिद र क्रिस जाेर्डनले दुई/दुई विकेट लिए ।
याे उपाधिसँगै इङ्ग्ल्यान्डले टी–२० विश्व कपमा उपाधि सङ्ख्या दुई पुर्याएकाे छ । यसअघि सन् २०१० काे टी–२० विश्व कप फाइनलमा अस्ट्रेलियालाई सात विकेटले हराउँदै इङ्ग्ल्यान्डले उपाधि जितेकाे थियाे ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, खेलकुद, समाचार


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस