हिमपहिरोमा परी ६ जना मृत्यु

भारत प्रशासित काश्मिरको उत्तरी सियाचिन ग्लेशियर मा सोमबार भएको हिमस्खलनमा चार जवान र दुई सर्वसाधारणको मृत्यु भएको छ । सर्वसाधारण भारी बोक्ने काम गर्थे ।

भारतीय सेनाका अनुसार सियाचिन ग्लेशियरको उत्तरी क्षेत्रमा १९ हजार फुटको उचाइमा आठजना गस्ती दलमा समावेश थिए । उक्त हिमस्खलन सोमबार दिउँसो करिब तीन बजे भएको हो ।

सेनाले आफ्नो बयानमा उक्त घटनालगत्तै हिमस्खलन उद्दार समूहलाई घटनास्थलमा पठाइएको जसले आठजनालाई बरफबाट निकालेका हुन् ।

यी सबैलाई हेलिकोप्टरमार्फत् सेना अस्पताल ल्याइयो जसमध्ये सातजनाको स्थिती अत्यधिक गम्भीर थियो ।

यद्यपि, चार जवान र दुई सर्वसाधारणलाई बचाउन सकिएन । उक्त हिमस्खलनमा केही भारतीय चौकीमा पनि क्षती पुगेको खबर आइरहेको छ ।ratoati

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker