कोरोना कहर : बान्नीगढीका एक युवकद्धारा भारतमा आत्महत्या (कुराकानी सहित)

कोरोना नियन्त्रणका लागी लकडाउन जारि रहेका बेला बान्नीगढी जयगढ गाउँपालिकाका एक युवकले भारतमा आत्महत्या गरेका छन ।

लकडाउनका कारण समस्यामा परेका बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर २ जनालीकोटका एक युवकले भारतको राजकोटमा आत्महत्या गरेका हुन ।

बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर २ जनालीकोटका वडा अध्यक्ष नेत्र साउँदका अनुसार भारतको गुजरात राज्यको राजकोटमा ६ जना परिवारका साथमा बस्दै आएका सेरे हुड्केले लकडाउनका कारण समस्यामा परेपछि आत्महत्या गरेका आफन्तले बताएका छन ।

करिव ५ बर्षदेखी रोजगारिका क्रममा भारतमा रहेका हुड्के ४ सन्तान र श्रीमतीसँगै भारतमा रहदै आएका थिए ।

लकडाउनको समयमा दैनीक रुपमा मजदुरी गर्न नपाएका हुड्केलाई काम गर्दै आईरहेका घर मालिकले कामबाट निकालेर घर छोड्न दवाव दिदै आएको र घरछोड्ने अन्तिम भाकाको दिन शनिवार उनले आत्महत्या गरेको त्यहा रहेका नेपालीहरुको भनाई छ ।

कोरोनाका कारण लकडाउन चलिरहेका बेला कामबाट निकालेर घर छोड्न दिएको दवाव संगै आफ्ना बालबच्चा बिचल्लीमा परेपछि उनी आत्महत्या गर्न बाध्य भएको पारिवारिक स्रोतले बताएको छ ।

३५ बर्षीय सेरे हुड्केले आत्महत्या गरेपछि बिचल्लीमा परेका उनका ३ छोरी र १ छोरासंगै धर्मपत्नीको राहातका लागी बान्नीगढी जयगढ गाउँपालिकाले उनीहरुलाई आर्थिक राहात उपलव्ध गराएको छ ।

वडा अध्यक्ष नेत्र साउँदका अनुसार बिचल्लीमा परेका हुड्केका परिवारलाई बान्नीगढी जयगढ गाउँपालिकाले त्यहाँ रहेका नेपाली मार्फत २४ हजार नेपाली रुपैँया हस्तान्तरण गरेको छ ।

लकडाउनका कारण समस्यामा परेर पराई भुमिका आत्महत्या बाध्य हुनु दुःखद रहेको बताउदै वडा अध्यक्ष नेत्र साउँदले देश बाहिर समस्यामा रहेका नेपालीहरुको उद्धारका लागी बेलैमा सचेत बन्नुपर्नेमा जोड दिनुभयो ।

वडा अध्यक्ष नेत्र साउँदसंगको कुराकानी :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker