Techie IT

जनयुद्धका सहिद परिवार र घाइतेहरुको राज्यले उचित व्यवस्थापन गर्नुपर्छ : उपाध्यक्ष रावल


रामारोशन गाउँपालिकाका उपाध्यक्ष सरस्वती रावलले जनयुद्धको क्रममा घाइते भएकाहरुको राज्यले उचित व्यवस्थापन गर्नुपर्ने बताउनु भएको छ । गणतन्त्र ल्याउन उनिहरुको महत्वपूर्ण भूमिका भएको बताउँदै उपाध्यक्ष रावलले घाइते तथा अपांगहरुको उचित ब्यवस्थापन हुनुपर्ने बताउनु भएको हो ।

सत्तारुढ (नेकपा)की प्रदेश कमिटी सदस्य समेत रहनु भएकी उपाध्यक्ष रावलले आमुल परिवर्तनको लागि जनयुद्धका सहिद परिवार र घाइते तथा अपांग व्यवस्थापन र उपचारको जिम्मा राज्यले गर्नुपर्नेमा जोड दिनुभयो । उहाले सहिद परिवार र घाइतेहरुको जीवन कठिन बनेको समेत समेत औल्याउँनु भएको छ ।

स्थानीय रेडियो बान्नीगढीसँग कुरा गर्दै उपाध्यक्ष रावलले जनयुद्धको क्रममा धेरै उपलब्धी भएको र प्राप्त उपलब्धीको व्यवस्‍थापन गर्नुपर्ने बताइन् । सानै उमेरमा जनयुद्धमा पूर्णकालिन कार्यकर्ता भएर काम गरेकी रावलले गणतन्त्र आउँनु र संघीयता कार्यान्वयन हुनु उपलब्धी भएको बताउँदै अझै थुप्रै उपलब्धी हासिल गर्न बाँकी रहेकी बताइन् ।

उपाध्यक्ष रावलले २०६१ भदौ १ गते तत्कालिन शाही सेनाले गिरफ्तार गरेर चरम यतनासहितको जेल जीवनलाई पनि स्मरण गरिन् ।


क्याटेगोरी : अन्तरर्वार्ता, मुख्य समाचार, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!