सुदूरपश्चिम प्रदेश सरकार पुर्वाग्राहि बन्यो : पूर्व मन्त्री बोहरा (कुराकानी सहित)

सुदूरपश्चिम प्रदेश सरकारका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले सुदूरपश्चिम प्रदेश सरकार पुर्वाग्राहि बनेको बताउनु भएको छ ।
प्रदेश भित्रका महत्त्वाकाङ्क्षी कर्मागत योजना समेत आग्रह पूर्वाग्रहका आधारमा कार्यक्रममा समावेश नगरिएको बोहराले बताउनु भएको हो । आफू अर्थमन्त्रीको रुपमा रहँदा कर्मागत रुपमा राखिएका सुदूरपश्चिम प्रदेश भित्रका विभिन्न महत्त्वाकाङ्क्षी सडक,स्वास्थ्य,पर्यटन लगायतका समपूरक योजना हाल प्रदेश सरकारले वार्षिक नीति तथा कार्यक्रममा नसमेटिएको बोहराको भनाई छ ।
रेडियो बान्नीगढीको बान्नीगढी विशेषमा कुराकानी गर्दै पूर्व मन्त्री बोहराले विगतमा कर्मागत रुपमा राखिएका योजना आग्रह पूर्वाग्रहका कारण वार्षिक कार्यक्रममा नसमेटिएका थुप्रै प्रमाण आफूसँग सुरक्षित रहेको बोहराले बताउनुभयो ।
सुदूरपश्चिमकै पर्यटकीय क्षेत्र रामारोशन जोड्ने जयगढ रामारोशन सडक कालो पत्रे योजना आफूले कर्मागत रुपमा समपूरक योजनामा राखेको भए पनि हाल मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारको वार्षिक कार्यक्रममा नसमेटी सङ्घीय सरकारमा समेत सिफारिस नगरेको बोहराको आरोप छ ।
सरकारको कुनै पनि भूमिकामा आफू नरहे पनि आफ्नो क्षेत्रको विकासका लागी जिम्मेवार रहेको बताउँदै पूर्व मन्त्री बोहराले केन्द्र सरकारबाट सञ्चालन गर्न सकिने विभिन्न योजनाको बजेट सुनिश्चितताका लागी विभिन्न प्रयास गरिरहेको बताउनुभयो ।
जिल्लामा गत वर्षको बाढी वितण्डा पश्चात विभिन्न मन्त्री ,सांसद लगायतका टोलीले अनुगमन गरेको भए पनि उपलब्धि शून्य देखिएको बारेको प्रश्नमा मन्त्री बोहराले भने अन्य मन्त्री र जनप्रतिनिधि बारे जानकारी आफूलाई न रहेको तर बाढी व्यवस्थापनका लागी विभिन्न कार्य योजना र वित्तीय स्रोत आफू छदा नै अघि सारिएको भए पनि हालसम्म कुनै पनि कार्यको सुरुवात प्रदेश सरकार ले न गरेकोमा दुःख व्यक्त गर्नुभयो ।
कुराकानी :-
क्याटेगोरी : अन्तरर्वार्ता, अर्थ खबर, बान्नीगढी बिशेष, मुख्य समाचार, राजनीति, राष्ट्रिय, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस