Techie IT

पहिरोले जग्गा लगेपछि घरमा ताल्चै ठोकेर भारतमा चौकीदारी


बझाङका बासिन्दा घरमा ताल्चा ठोकेर भारतमा चौकीदारी गर्न बाध्य ह’ने गरेका छन । । हुलका हुल तन्नेरी भारत पसेपछि गाउँघर पुरुषविहीन बन्दै गएका छन् । यो हप्ता मात्रै २ दर्जन भन्दा बढि य’वा भाररत पलायन भएका छन । यसरी धेरै य’वाहरु विदेश पलायन ह’दा परिवारका सदस्यलाई बिदाइ गर्न रुवाबासी पनी स’रु ह’ने गर्छ ।

बझाङको साविक व्यासी गाविसको व्यासीकोट दरबार नजिकका सबै दलित परिवार घरमा ताल्चा ठोकेर रोजगारीका लागि भारत पसेका छन् । भारत पसेकामध्ये कोही दिल्ली छन्, कोही बैंग्लोर, कोही कालापहाड ९उत्तराखण्ड० तिर चौकीदारी गरिरहेका छन् । छिमेकी घरमा ताल्चा लगाएर विदेसिनुको कारण खोतल्दै मीनबहादुर भन्छन्, ‘यता बसेर उसै पनि खान पुग्दैनथ्यो, पोहोर साल सडक खन्दा भएको जग्गा जति पहिरोले पुरियो, अनि सबै भारत पसे ।’

 

आफ्नो सीमित जग्गामा खेतीपाती गर्न र त्यसैको रेखदेखका लागि वृद्धवृद्धा र महिलालाई घरमै छाडेर भारत जाने गर्थे । गत वर्ष पहिरोले जग्गा लगेपछि घरमा ताल्चै ठोकेर हिँडेको मीनबहादुर सुनाउँछन् । यसरी घरमा ताल्चा ठोकेर हिँड्ने परिवारको संख्या छविसपाथिभेरा गाउँपालिकामा मात्र ५० भन्दा बढी छ । onlinekhabar


क्याटेगोरी : जीवन शैली, प्रदेश, समाज

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस